सानिमा मार्इ हाइड्रोपावरको एक अर्बको हकप्रद शेयर आउने, तल्लो लिखु र मध्य तमोर बनाउने
शेयर जानकारी -
काठमाडौँ। सानिमा माई हाइड्रोपावर लिमिटेडले महत्वपूर्ण दुई जलविद्युत् आयोजना निर्माणका लागि रु एक अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदनसमेत दर्ता गरिसकेको छ । कुल ८२ मेगावाट क्षमताका दुई आयोजना अगाडि बढाउन हकप्रद सेयर निष्कासनको तयारी गरिएको सानिमा माई हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिए।
सो कम्पनीले २८ मेगावाटको तल्लो लिखु र ५४ मेगावाटको मध्य तमोर आयोजना बनाउनका लागि एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन पछि कम्पनीको चुक्तापुँजी रु दुई अर्ब ११ करोड ५० लाख पुग्नेछ । हाल कम्पनीको चुक्तापुँजी रु एक अर्ब पाँच करोड छ ।
लगानीको अन्य स्रोत हुँदाहुँदै पनि दुई आयोजनामा सर्वसाधारणको स्वामित्व होस् भनेर सेयर निष्कासन गर्न लागिएको आयोजनाले जनाएको छ । यसअघि सानिमाले २२ मेगावाटको माई, सात मेगावाटको माइक्याकेड र साढे २ मेगावाटको सुनकोसी साना जलविद्युत् आयोजना निर्माण गरिसकेको छ

0 comments
Write Down Your Responses