नेरुडे लघुवित्तले फागुन ३० गते तोक्यो हकप्रद र बोनसको बुक क्लोज
नेरुडे लघुवित्त (NLBBL) ले फागुन ३० गतेदेखि एक महिना सेयरधनी किताब बन्द गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको करसहित ११.०५ प्रतिशत नगद लाभांश, २० प्रतिशत बोनस सेयर तथा ५० प्रतिशत हकप्रदका लागि एकैदिन बुक क्लोज गरेको हो ।
चैत ३१ गते बोलाएको लघुवित्तको दशौं बार्षिक साधारणसभाले लगानीकर्तालाई २० प्रतिशत बोनस र ११.०५ प्रतिशत बराबरको एक करोड ९८ लाख ९४ हजार रुपैँया नगद लाभांश समेत पारित गर्दैछ । लघुवित्तले तीन करोड साठी लाख बराबरको बोनस सेयर वितरण गर्न लागेको हो भने नौ करोड रुपैयाँ बराबरको नौ लाख कित्ता हकप्रद सेयर निष्काशनका लागि सेयरधनी पुस्तिका बन्द गर्न लागेको हो । फागुन २९ गतेसम्म सेयर किनेका लगानीकर्ताले मात्र लघुवित्तको नगद लाभांश, बोनस तथा हकप्रद प्राप्त गर्न सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी १८ करोड रुपैँया रहेको छ बोनस तथा हकप्रद पछि लघुवित्तको चुक्ता पूँजी ३० करोड ६० लाख रुपैंया पुर्याउने छ । लघुवित्तले पुस मसान्तसम्ममा चार करोड ६५ लाख रुपैँया खुद नाफा गरेर प्रतिसेयर आम्दानी २५रुपैँया ८७ पैसा कायम गरेको छ ।

0 comments
Write Down Your Responses